एमाले, रास्वपा, राप्रपाविरुद्ध मूर्दावादको नारा (फोटो फिचर)

एमाले, रास्वपा, राप्रपाविरुद्ध मूर्दावादको नारा (फोटो फिचर)

मीटरब्याजीलाई कारबाही गर्न ऐन संशोधनका लागि सरकारले संसदमा दर्ता गरेको विधेयक पारित नभएपछि मीटरब्याज पीडितहरु पुनः आन्दोलनमा उत्रिएका छन् । मीटरब्याज पीडितको न्यायका लागि भन्दै सरकारले ल्याएको विधेयक प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले गरेको सदन अवरुद्धका कारण निस्क्रिय भएपछि आजदेखि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् । 

माइतीघरबाट निस्केको जुलुस संसद भवन नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका उनीहरुले सरकार र राजनीतिक दलविरुद्ध चर्को नाराबाजीसमेत गरे । ‘

संविधानमा उल्लेख समाजवाद उन्मुख अर्थनीति निर्माण गर’, ‘मीटरब्याज पीडितलाई न्याय दे’, ‘सुदखोर पीडक मूर्दावाद’, ‘मीटरब्याजविरुद्ध हाम्रो आन्दोलन जारी छ’, ‘सामन्तीका मतियार मूर्दावाद’, ‘एमाले, रास्वपा, राप्रपा मूर्दावाद ! मूर्दावाद !’ लगायत नारा घन्काएका थिए ।

टिप्पणीहरू