छात्रवृत्तिका लागि विद्यार्थीको परीक्षा लिँदै महानगर

छात्रवृत्तिका लागि विद्यार्थीको परीक्षा लिँदै महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको परीक्षा लिने भएको छ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुसँग लिइने परीक्षाका लागि महानगरले अनलाइन आवेदन आह्वान गरेको छ । 

महानगरपालिकाअन्तर्गत शिक्षा विभागले आज सूचना जारी गर्दै आफ्नो क्षेत्राधिकारभित्र रहेको संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन दिन भनेको हो । 

आजदेखि आगामी साउन १२ गते राति ११ बजेर ५९ मीनेटसम्म आवेदन दिन सकिने विभागले जानकारी दिएको छ । 

‘शैक्षिक सत्र २०८०–८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि मिति २०८० असार २८ गते बिहान १० बजेदेखि मिति २०८० साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेभसाइटमार्फत अनलाइन आवेदन फाराम पेश गर्न आह्वान गरिएको छ’, जारी सूचनामा उल्लेख छ । 

आगामी साउन २० गते बिहान ११ बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन हुने जनाइएको छ । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक संकायका विद्यार्थीले फाराम भर्न सक्नेछन् ।

टिप्पणीहरू