पोखराका वरिष्ठ पत्रकारहरुको सदस्यता खोसियो

पोखराका वरिष्ठ पत्रकारहरुको सदस्यता खोसियो

 नेपाल पत्रकार महासंघले चलाएको सदस्यता शुध्दिकरण अभियानले पत्रकारका ठूला नेताहरुकै सदस्यता खारेजीमा परिरहेको बेला पोखराका झण्डै एक दर्जन वरिष्ठहरु पनि यसको मारमा परेको र यसवापत निर्णयकर्ताहरुमाथि राजनीतिक दलसम्बध्द पत्रकार सँगठनहरुबाट स्पस्टिकरणको कार्वाही शुरु भएको  खबर छ । 

राससका पूर्वअध्यक्ष कोमलनाथ बराल,प्रेस काउन्सिल सदस्य दुर्गा भण्डारी,पत्रकारका पूर्वउपाध्यक्ष कुसुमकेशव पराजुली,बद्रिबिनोद प्रतिक,महासंघका पूर्व कास्की अध्यक्ष रविन्द्र बास्तोलालगायतको सदस्यता खारेज भएसङ्गै गण्डकी प्रदेश कमिटीमा बसेर यस्तो निर्णय गर्ने सोनी शर्मालगायतका नेत्रीहरुसङ्ग २४ घण्टे स्पस्टिकरण सोधिएको छ । महासंघ गण्डकी प्रदेश समितिले उनीहरुसहित ३६ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको जनाइएको छ ।

सदस्यता खारेज भएका ३६ मध्ये ३४ जना विभिन्न पार्टी निकट प्रेस संगठनका सदस्य हुन् । नेपाली काँग्रेसको भातृ संस्था प्रेस युनियनका २०,एमाले संवद्ध प्रेस चौतारीका ९  र माओवादी केन्द्र निकट प्रेस सेन्टरका ५ जना कटौतीमा परेको बताइएको छ । 

चुनाव केन्द्रित कठोर कार्वाही प्रतीत हुने महासंघको देशव्यापी शुध्दिकरण अभियानका कारण नेता बनेर संगठन गर्दै हिँड्ने तर दुई लाइन समाचार नलेख्ने र अन्य पेशामा पूर्णकालिन वरिष्ठसहित केही मौखिक पत्रकारहरु पनि घानमा परेको पाइएको छ । यसो गर्दा सँगठन निर्माणमा योगदान दिएकाहरुको हुर्मत लिइने काम भएको गुनासोसमेत सुनिएको छ ।

सदस्यता खारेज भएसङ्गै गण्डकी प्रदेश कमिटीमा बसेर यस्तो निर्णय गर्ने सोनी शर्मालगायतका नेत्रीहरुसङ्ग २४ घण्टे स्पस्टिकरण सोधिएको छ ।

टिप्पणीहरू