एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई गाडी भाडा नलाग्ने
माध्यमिक शिक्षा तह (एसईई) मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण एक विद्यार्थीलाई सार्वजनिक यातायातमा दुई वर्षका लागि नि:शुल्क गरिएको छ ।
यसवर्षको एसईई उत्कृष्ट अंक ल्याएकी काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं. ५ की आयुषा अर्याललाई कलेज आतेजातेका गर्न सार्वजनिक यातायातमा दुई वर्षसम्म भाडा नलाग्ने भएको हो । उनी नगरपालिकामै उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुन सफल भएकोले काठमाडौं-दक्षिणकाली-कुलेखानी-हेटौंडा यातायात प्रालिले भाडा नलिने निर्णय गरेको बताइएको छ ।
एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट दिइएको यो पहिलो घटना हो ।
टिप्पणीहरू