प्रधानमन्त्री स्वदेश आइपुग्नुभयो

प्रधानमन्त्री स्वदेश आइपुग्नुभयो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी इटाली भ्रमण सम्पन्न गरेर स्वदेश फिर्ता हुनुभएको छ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएका उहाँ बिहान पौने ८ बजे काठमाडौं आइपुग्नुभएको हो ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोली पनि आजै फर्केको छ । स्वकीयसचिव एवम् छोरी गंगा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवम् सञ्चारकर्मीलगायत टोलीमा सहभागी छन् ।

प्रधानमन्त्रीसहितकाे भ्रमण टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा इटालीबाट दोहा हुँदै काठमाडौं आइपुगेको हो ।


 

टिप्पणीहरू