उपत्यकाका हरिया फाँट (फोटो फिचर)

उपत्यकाका हरिया फाँट (फोटो फिचर)

साउन महिनामा जताततै हरियाली देख्न पाइन्छ । मध्य वर्षायाम भएकाले धुलो पखालिएकाले बोटविरुवाका पात झन् हरियो देखिएका हुन् ।

सँगै गत जेठ र असारको शुरुमा रोपिएका धान खेतको हरियालीले पनि ग्रामीण भेगमा छुट्टै आनन्द दिन थालेको छ । कतिपय स्थानमा किसानहरु रोपो गोड्नसमेत व्यस्त हुन थालेका छन् ।

ललितपुरको खोकनाका स्थानीय पनि अहिले खेतमा गोडमेल कार्यमा व्यस्त भएका हुन् । उनीहरु धान खेतमा मल हाल्न पनि उत्तिकै व्यस्त छन् । हरिया फाँटमा सुस्केरा हाल्दै र गफिँदै किसानहरु साउने खेतमा गोडमेलमा व्यस्त भएका हुन् ।

टिप्पणीहरू