पर्यटकहरु घण्टौंसम्म बाघको प्रतिक्षामा (फोटो फिचर)

पर्यटकहरु घण्टौंसम्म बाघको प्रतिक्षामा (फोटो फिचर)

बर्दिया राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको प्राकृतिक मनोरम पर्यटकीय गन्तव्य हो । निकुञ्जको सुन्दर दृश्यले जोकोहीको मन लोभ्याउँछ । प्रायः सबै मौसममा निकुञ्ज पर्यटकले भरिभराउ हुने गरेको छ । 

गर्मी छल्दै छहारीमा बसेर वन्यजन्तुको दैनिकी अवलोकन गर्नुको मज्जा नै बेग्लै हुन्छ । गर्मी भएकाले खोलानाला नजिक उनीहरुको चहलपहल धेरै हुने गरेको छ । निकुञ्ज अवलोकनमा पुगेका अधिकांश पर्यटक बाघ हेर्न निकै उत्सुक देखिन्छन् । 

जंगलको राजा भनेर चिनिने बाघ सबैभन्दा लजालु जनावर भएकाले घाँसे मैदानबाट त्यति बाहिर निस्किँदैन । बाघ हेर्नकै लागि आफूहरुले पाँचदेखि आठ घण्टा कुर्ने गरेको पर्यटकहरु बताउँछन् । 

निकुञ्ज भ्रमणमा पुग्ने अधिकांश पर्यटकको प्रमुख उद्देश्य नै बाघ हेर्ने रहेको गाइड तथा वाइल्डलाइफ फोटोग्राफर दिपक राजवंशीको अनुभव छ । निकुञ्जमा अन्य जनावरभन्दा बाघको संख्या धेरै रहेको उनी बताउँछन् । त्यहाँ एक सिङ्गे गैडा, जंगली हात्ती, चित्तल, मृग, बाह्रसिङ्गेलगायत धेरै खालका जनावर छन् ।

स्रोत : फोटो लाइब्रेरी ।

टिप्पणीहरू