खोप कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगर

खोप कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगर

काठमाडौं महानगरपालिकाले कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरले साउन २१ गतेदेखि विभिन्न ९ वटा वडामा खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

महानगरका अनुसार साउन २१ र २२ गते वडा नम्बर ११, १७, ३१, १४ र ६ मा खोप लगाइनेछ । त्यस्तै, साउन २३ र २४ गते वडा नम्बर १२, १९, ३२ र १५ मा खोप कार्यक्रम सञ्चालन गरिनेछ । भोलि महानगरपालिकाले खोप कार्यक्रम हुने वडामा घरभेट तथा माइकिङ्ग कार्यक्रम गर्नेछ । 

१२ वर्षमाथि उमेर समूहका व्यक्तिहरुलाई फाइजर बायोटक विभालेन्ट खोप दिइने महानगरपालिकाले जनाएको छ । हाल कोभिडका संक्रमित नदेखिएपनि खोप लगाउन भने आवश्यक रहेको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए । 

‘बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आँकलन गरेर महानगरबासीको बचावटको लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो’, उनले भने ।

टिप्पणीहरू