डिपिआरमा यतिसम्म डाह

डिपिआरमा यतिसम्म डाह
सुन्नुहोस्

महाँकाल गाउँपालिका वडा नं ४ र ५ मा पर्ने चन्दनपुर नमन सडक स्तरीकरण तथा कालोपत्रे योजनाको डीपीआर नियमित सञ्चालन भइरहेको बाटो चन्दनपुर लामसोती ससिपाहा भञ्ज्यांग भएकोमा पूर्वाधार विकास कार्यालयले ५ नं वडा र महाँकाल गाउँपालिकाको सहमतिमा काँग्रेसका बागमती प्रदेश महामन्त्री ऋषिराम घिमिरेको घर भएको स्थान लामराङ हुँदै कार्यान्वयन गर्ने गरी परिवर्तन गरेको भन्दै कालेश्वरका स्थानीयहरू आन्दोलित भएका छन् ।

वडा नं ४ का स्थानीयहरूले काँग्रेस वडा इकाइ सचिव राजकुमार दुलाललाई संघर्ष समितिको संयोजक बनाई पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, वागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र प्रदेश अर्थ मन्त्रालयमा डीपीआर परिवर्तन अमान्य हुने र परिवर्तन गर्नेहरूलाई अख्तियार दुरुपयोगको अभियोगमा कार्वाही गरिनुपर्ने मागसहितको पत्र दर्ता गराएका छन् ।

 

टिप्पणीहरू