सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई हुँदै

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई आज काठमाडौं जिल्ला अदालतमा हुँदैछ । उक्त मुद्दा न्यायाधीश राजकुमार खतिवडाको इजलासमा परेको छ ।

फास्ट ट्रयाकबाट लामिछानेविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले गत फागुन १५ गते आदेश दिएको थियो । 

लामिछाने विश्वकप छनोटका खेल खेल्न जिम्बावे गएपछि उक्त मुद्दाको सुनुवाइ स्थगित भएको हो थियो । उनीविरुद्ध उमेर नपुगेकी किशोरीले एक वर्षअघि २०७९ भदौ २१ मा गौशाला प्रहरीमा बलात्कारको जाहेरी दिएकी थिइन् ।

त्यसपछि असोज २० गते लामिछाने विमानस्थलबाट पक्राउ परेका थिए ।

टिप्पणीहरू