सभामुख पुग्नुभयो बालुवाटार, अवरुद्ध सदन सुचारुबारे छलफल

सभामुख पुग्नुभयो बालुवाटार, अवरुद्ध सदन सुचारुबारे छलफल

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्नुभएको छ । उहाँ केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नुभएको बताइएको छ ।

सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको एमालेले साउन १० गतेदेखि संसद बैठक अवरुद्ध पारेको छ । हिजोदेखि संसदीय समिति बैठक पनि बहिष्कार गरेको छ ।

सभामुख घिमिरेले यसबारे प्रधानमन्त्रीसँग पटक पटक भेटवार्ता गरिसक्नुभएको छ । सोही विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि अस्ति शीतल निवासमा कुराकानी भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक पर्सि आइतबार बोलाइएको छ ।
 

टिप्पणीहरू