सबै श्रेणीहरू

खुनमिङ एक्सपोमा ८५ मुलुकका ३० हजारबढी सहभागिता

खुनमिङ एक्सपोमा ८५ मुलुकका ३० हजारबढी सहभागिता

चीनको युन्नान प्रान्तको राजधानी खुनमिङमा सातौं चीन–दक्षिण एसिया एक्सपो शुरु भएको आज तेस्रो दिन हो । पर्सि आइतबारसम्म चल्ने एक्सपोमा व्यवसायी, अतिथि, प्रतिनिधि गरेर ३० हजारभन्दा बढी सहभागिता रहेको बताइएको छ ।

विश्वका ८५ मुलुक तथा क्षेत्र, अन्तर्राष्ट्रिय संघ संस्थाको प्रतिनिधित्व रहेको उक्त कार्यक्रम विशेषगरी दक्षिण एसियासँगको व्यापार र आर्थिक सहयोग आदानप्रदानको निम्ति महत्वपूर्ण आँखीझ्याल बनेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

३० हजारमध्ये केही भौतिक रुपमा खुनमिङमा उपस्थित भएका छन् भने केही अनलाइनबाट जोडिएका हुन् । एक्सपो उद्घाटनमा नेपालको तर्फबाट उपराष्ट्रपति रामसहाय प्रसाद यादवको नेतृत्वमा सरकारी टोली सहभागी भएको हो । व्यवसायी, निजी क्षेत्र र सञ्चारकर्मीको पनि बाक्लो उपस्थिति छ । 

भिडियो स्रोत : सिन्ह्वा ।