ग्यालेक्सी टेलिभिजनका सञ्चालक संरक्षक रहेको सहकारीविरुद्ध उजुरी मागियो

ग्यालेक्सी टेलिभिजनका सञ्चालक संरक्षक रहेको सहकारीविरुद्ध उजुरी मागियो
सुन्नुहोस्

जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध उजुरी दिन आग्रह गरेको छ । पोखरा महानगरपालिका ४, नालाको मुखमा निक्षेप जम्मा गरेका सूर्यदर्शनका पीडित बचतकर्ताहरुलाई उजुरी दिन कास्की प्रहरीले आह्वान गरेको छ । 

उक्त सहकारी संस्थाका सञ्चालक समिति पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना एवम् ठगी गरेको व्यापक गुनासो आएको जनाइएको छ । 

सहकारीका सञ्चालकहरुलाई कारबाही गर्नुपर्ने मागसहित केही निक्षेपकर्ताले उजुरी दिइसकेको उल्लेख गर्दै कार्यालयले बाँकी पीडितलाई नागरिकता, सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेण्ट, मुद्दती प्रमाणपत्रलगायत सक्कल प्रमाणका साथ १५ दिनभित्र उजुरी दिन भनिएको छ । 

पोखरामा केन्द्रीय कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवम् संरक्षक ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका गितेन्द्रबाबु राई (जीबी) हुन् । उनीसहितका समूहले अवैध नेटवर्किङ खडा गरी बचतकर्ताहरुको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गरेको आरोप छ ।

टिप्पणीहरू