प्रधानमन्त्रीलाई भैंसेपाटीमा साँचोको झुप्पो बुझाउने तयारी

प्रधानमन्त्रीलाई भैंसेपाटीमा साँचोको झुप्पो बुझाउने तयारी
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो ललितपुरको भैंसेपाटी जाने कार्यक्रम छ । उहाँ दिउँसो ३ बजे ललितपुर महानगरपालिका १८, सैंबु,भैंसेपाटी जान लाग्नुभएको बताइएको छ । 

सो क्षेत्रमा निर्माण गरिएका मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरुको सरकारी आवास भवन हस्तान्तरणको कार्यक्रममा प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउन लागिएको हो । सोही अवसरमा ती भवनहरुको साँचो प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्ने कार्यक्रम बनेको छ ।

टिप्पणीहरू