बढुवा रोकिने डरले रिपोर्टिङ बन्द

बढुवा रोकिने डरले रिपोर्टिङ बन्द
सुन्नुहोस्

छानबिन हुने तर कारबाही नहुने भएपछि सशस्त्र प्रहरीमा दागी अफिसरहरू पनि बढुवा भएका छन् । एसएसपी तेजप्रसाद पोखरेलविरुद्ध भएको छानबिनको अन्तिम टुंगो नलगाइकन बढुवा गरेपछि आफ्नालाई पाखा अरूलाई काखा हुन पुगेको छ । 

एक नम्बर क्षेत्रका डिआइजी कमल गिरीले हेडक्र्वाटरमा कार्य विभागको जिम्मेवारी सम्हालेका थिए । अहिले उनलाई सरुवा गरेर एकेडेमीमा पठाइएको छ । उनैको डन्डा रूपन्देहीस्थित नवनिर्मित भवनको डुबान प्रकरणबारे छानबिन गर्दै थिए । सो भवन वर्षा हुने बित्तिकै आहाल घरमा परिणत हुने गरेको छ भने त्यस चौकीका प्रहरीलाई आफ्नो हतियार सुरक्षित गर्ने र ज्यान जोगाउने चटारो छ ।

सो भवन निर्माण एसपी तेजप्रसाद पोखरेलको रेखदेखमा निर्माण भएको थियो । गिरीले सोही छानबिनको प्रतिवेदन दिन नपाउँदै सरुवा भएको हो । गिरीको रिपोर्ट कार्यान्वयन गर्दा पोखरेल कारबाहीमा पर्थे र हालै १२ एसएसपीकोट बढुवाबाट वञ्चित हुन्थे । 
 

टिप्पणीहरू