बुध्द एअरको इन्जिन फेल,सबै जहाज होल्ड
निजी क्षेत्रकै सबैभन्दा सफल मानिएको आन्तरिक कम्पनी बुध्द एअरको भद्रपुर तर्फ उड्दै गरेको जहाजमा खराबी आएपछि वीचैमा फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै आकस्मिक अवतरण गराइएको छ ।
अल्फा जुलियट सियरा AJS कलसाइनको उक्त जहाजले टेक अफ गर्नासाथ बायाँ इन्जिन फेल भएको बुझिएको छ । यसैकारण उड्न र ओर्लन ठिक्क परेका सबै जहाजलाई होल्डमा राखिएको नागरिक उड्डयन प्राधिकरण श्रोतले बतायो ।
टिप्पणीहरू