अध्यक्षलाई के गर्छ अख्तियारले ?

अध्यक्षलाई के गर्छ अख्तियारले ?
सुन्नुहोस्

अवैध बालुवा निकासीमा संलग्न पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको केसमा अदालतको फैसला कस्तो आउला ?

नदीजन्य पदार्थको अवैध चोरी निकासी गरेको आरोप लागेपछि गाउँपालिकाको कार्यपालिका बैठकले जरिवानाको निर्णय गरेका अधिकारीलाई एकतर्फी सूचना गरेर केही दिनअघि अख्तियारको टोली बुटवल फर्केयता लौ अधिकारी निर्दोष रहेछन् भनेर एकथरीले फेसबुकमा हल्ला चलाएका छन् ।

स्थानीय निर्वाचन २०७४ र २०७९ मा समेत नेपाली कांग्रेसबाट निर्वाचित भएका अधिकारीले पाल्पा, यम्घा दर्पुकको मचेटाघाटबाट नदीजन्य पदार्थ चोरी निकासी गरेको ठहरसहित २ लाख १० हजार जरिवानाको निर्णय भएको थियो । 

जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालद्वारा गरिएको अनुगमनका क्रममा वडाध्यक्ष अधिकारीले अवैध रूपमा ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ ट्र्याक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा राखेको पाइएको थियो । बगनासकाली गाउँपालिकाको २०८० असार ३० गते सम्पन्न गाउँ कार्यपालिका बैठकले ४२ प्रतिट्र्याक्टर ५ हजार रुपैयाँका दरले जम्मा २ लाख १० हजार रूपैयाँ जरिवाना गरेको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले अनुगमनका क्रममा नदीजन्य पदार्थ चोरी निकासी गरी डम्पिङ गरेर राखिएको पाइएको र ती पदार्थ बरामद गरी दोषीमाथि ऐनबमोजिम कारबाही गर्न गाउँपालिकालाई सुझाव दिएको बताउनुभयो । वडाध्यक्ष अधिकारीको उक्त घटनामा संलग्नता पुष्टि हुने टेलिफोन संवाद जनआस्थालाई प्राप्त भएको छ । ३ मीनेट ३८ सेकेण्डको अडियो संवादमा स्थानीय युवा दीपकसँग अध्यक्ष अधिकारीले ४० ट्रिप बालुवा आफूले ल्याउन भनेको सुनिन्छ ।

टिप्पणीहरू