भारतविरुद्ध नेपालको सम्मानजक प्रदर्शन, २३१ रनको मध्यम लक्ष्य प्रस्तुत

भारतविरुद्ध नेपालको सम्मानजक प्रदर्शन, २३१ रनको मध्यम लक्ष्य प्रस्तुत

एसिया कप क्रिकेटअन्तर्गत टेष्ट राष्ट्र भारतविरुद्ध नेपालले सम्मानजनक ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.३ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो ।  

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकीय इनिङ खेले । उनले ५८ रनको योगदान गरे ।  त्यस्तै, सोमपाल कामीले ४८ र कुशल भुर्तेलले ३८ रन बनाए । 

कुशल र आसिफले पहिलो विकेटका लागि ६५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।  दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाए । 

त्यस्तै, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।

भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टिप्पणीहरू