विमानस्थलका सेनामा विशाल बेथिति
जर्नेल रामसुन्दर बोहरा आजकल प्रभु चिफसाबको समेत बदनाम गर्न नीति नियमविपरीत राजनीतिक र कूटनीतिक व्यक्तिहरुको सम्पर्कमा छन् । दुईतारे जर्नेल आशिष राणासँग सेटिङ गरी भिभिआईपी कमाण्डिङ नगरिकनै ११ बाहिनीमा बस्नुको कारण बढी बजेट चलखेल गर्नका लागि हो । उक्त बाहिनी हाल मध्य एयर बेसको नामले चिनिन्छ । कमाण्ड सम्हालेको झण्डै दुई वर्ष भइसक्दा १५ वटा जहाजको मर्मत सम्भार र पाइलट/इञ्जिनियरहरुलाई ट्रेनिङ गराउने सक्सेसर्स निकाल्न फेलर भएका छन् । अफिस टाइममा सिभिल कपडामै बियर लडाएर बिताउँछन् ।
ठुल्ठूला गफगाफ मात्र हो, काम भने शून्य । रक्षा र राजनीतिक मामिलाका कोअर्डिनेटर मेजर अर्याल बन्धुसँग आजकल बढी उठबस छ । राम बोहराले कासा र १५ अर्ब मूल्यको ट्रेनर जहाज थन्क्याएर बसेको वर्षौं हुँदा पनि हवाई निर्देशनालयका हाकिम आशिश राणाले चासो दिएका छैनन् । हवाई विभागमा दुई सय जना ट्रुप्स र इञ्जिनियर÷पाइलटको वृत्तिविकासका लागि पुनःसंरचनाअनुसार दुई तारे जर्नेलको ¥याङ्क स्थापना गरे पनि हवाई इफिसियन्सी १० वर्षपछाडिको भन्दा खस्केको छ ।
गत वर्ष १३ करोडमा इन्स्योरेन्स गरेकोमा ०८०/८१ मा १६–१७ करोडको कागजात मूल्यांकन गरिएको छ । जति बढी मूल्यांकन भयो, उति बढी कमिसन आउँछ । करोडौं इन्स्योरेन्स तिरे पनि जहाज वर्षमा १० घण्टा पनि उडेको हुँदैन, पार्किङमै थन्किएको हुन्छ । रोटर विङतर्फका जहाज मर्मत गर्ने मेकानिक्स धेरै व्यस्त देखिन्छन् । ग्राउण्ड र स्टोरमा काम गर्ने प्राविधिकको वेलफेयर, प्रमोसन, तालिम र वृत्तिविकासमा ध्यान छैन ।
लाखौंको ग्लास हाउस बनाए पनि सिपाहीको जवान मेस २० वर्ष पुरानो नाजुक अवस्थामा छ । बासस्थानको पुरानो जस्ता चुहिने गरेको छ । राम बोहराले खाली बिल बनाएर कल्याणकारी कोषको दुरुपयोग गरेका छन् । अफिसका कार्पेन्टर तथा पिपाहरुलाई घर लगेर निजी काममा लगाउँछन् । ब्यारेकका कार्पेन्टरले आशिष राणा र राम बोहोराको घरमा महिनौंसम्म खाट, पलङ, शोकेसलगायत सबै फर्निचर बनाएका हुन् । स्टोरमा भने यी कार्पेन्टरलाई र¨समेत लगाउने फुर्सद छैन । बजेट हेर्ने प्रशासन प्रमुख महासेनानी सुमन खड्काको यसतर्फ पनि ध्यान जाओस् ।
सबै अधिकृतहरुले रासन घरतिर लग्ने नियम बनाएर सिपाहीको रासनबाट कल्याणकारी बचत भएको छ । शौचालयको अवस्था नाजुक छ । शौचालय सफाई गर्नेलाई पनि दिनभरि राणाकै घरको बगैंचा हेर्दै फुर्सद छैन । १५ अर्बको ट्रेनर जहाज भित्र्याएको ८ वर्ष भइसक्दा पनि उडान नगरेकोमा कसैलाई चासो छैन ।
हिजोआज ११ बाहिनी पुरानो ग्यारिजन पायोनियर पल्टनको कमाण्डरजस्तो ब्यारेक सिंगार्ने, फूल रोप्ने, बगैंचा बनाउने, ग्लास हाउस बनाउने, रासन आम्दानी कति भयो हिसाब गर्ने जस्तो बन्दोबस्ती काममा मात्रै केन्द्रित छ । करोडको स्पेयर राख्ने स्टोर छाडेर ग्लास हाउस बनाउने ठेकेदारसँग कमिसन लिन पनि भ्याएकै छन् । बोहराले यो आर्थिक वर्ष स्टेशनरीलगायत स्टोरमा १७ लाख बराबरको सामान नयाँ मगाएर, फर्निचर–गमला किनेर र रंगरोगनको बिल मिलाएर लाखौं रकम कुम्ल्याए ।
प्रशासनबाट डिजेल, पेट्रोलको कुपन सरकारी काममा गएको भन्दै निजी कामको पनि लगसिट भरी दोहोरो इन्धन लिएका छन् । मेजर आदित्य राणा आशिश र बोहराका भक्त हुन् । यिनले हवाई विभाग नछाडेको सात वर्ष भयो । बोहरा र राणालाई सबै बन्दोबस्ती रासन, ग्यास, डिजेलमा सेटिङ मिलाउने काम यिनैले गर्छन् ।
स्टोरबाट कफी, स्टेशनरी, हवाईजहाजमा प्रयोग गर्ने रुम एयरफ्रेसर र जहाजका लागि ल्याएको सरसफाइका सामान आफ्नै गाडीमा प्रयोग गर्छन् । सुवर्ण बिष्ट घर नगएको भए बोहोरा कर्णेलकै दर्जामा घर जान्थे । पहिला नै भएको सफ्टवेयर अपग्रेड र ह्याङ्गर बनाउने भनी नीति विभागमा सेटिङ मिलाएर करोडभन्दा बढी रकम यो वर्ष चिफ साबको अन्तिम वर्ष हो, बनेको बनाउने, नबनेको भागबण्डा गर्ने दाउपेचमा छन् ।
२०८१ मा हुने चिफको बारेमा पनि यिनलाई धेरै टाउको दुखाई र चासोको विषय बनेको छ । आफूले चाकडी गरेको व्यक्तिलाई चिफ बनाउन पाए धेरै बजेट ल्याउँछु, एयरपोर्टको मुहार फेर्छु भन्दै पाइलट र इञ्जिनियरहरुलाई रवाफ देखाउँछन् । रक्षा हेर्ने मेजर अर्यालको पनि आजकल एयरपोर्टतिर हरेक हप्ता इन्ट्री देखिन्छ ।
पूर्ण चिफले अन्याय गरेको हुँदा आजकल कुनै पनि सोसल ग्यादरिङ, पार्टी, सेमिनारमा भाग लिन आउँदैनन् । त्यस्तै गरी पाइलट लिम्बु मोटिभेसन नभएर बिरामी परी ग्राउण्डेड छन् । राम बोहराको सर्टिफिकेट एकपटक फेरि छानबिन गर्न अनुरोध छ ।
दुईवटा ट्रेनर पहेंलो रंगको जहाज थन्केर घामपानीले खिया लागेको दुई वर्ष भइसक्यो । अब चाँडै स्पेयर्स र निरीक्षक आउँदैछ, टेस्ट फ्लाइटको लागि मिलाएको छ भनी हरेक बोर्डमा डिएमओ र चिफ सा’बलाई कुरा लगाउँछन् । आशिष राणा र रिटायर्ड इञ्जिनियर तुम्बाहाङ्फे दुवैले अमेरिका गएर ट्रेनर जहाजको तालिम गरेका हुन् । तर नेपाल आएर उक्त जहाज उडाउन सकेनन् । ट्रेनिङ अधुरो हो भनी फेरि तालिममा पठाउनुप¥यो । आशिश र राम बोहराको रिक्त पदमा महासेनानी किरण, सुवास, प्रशान्त लाइनमा छन् । बुढेसकालमा यी पाइलट अझै म्याद थप्नका लागि श्रीमती सगुनमार्फत श्रीमती संघकी उपाध्यक्ष कल्पना राणासँग हारगुहार गरिरहेका छन् ।
– पीडित प्राविधिक सकल दर्जाहरू
टिप्पणीहरू