गुरुबाको निम्ति यतिसम्म गरे

गुरुबाको निम्ति यतिसम्म गरे

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागतर्फ मास्टर्स तहमा करिब सय जना मात्र विद्यार्थी भएकोमा कक्षा सञ्चालन अहिलेसम्म एउटै मात्र हुँदै आएको छ । तर एकभन्दा बढी सेक्सन बनाएर जम्माजम्मी ६०/६२ क्रेडिट आवरको चार सेमेस्टरलाई १२३ क्रेडिट आवरको देखाइएको । छ सय भन्दा बढी विद्यार्थी रहेको स्नातक तह (बिए) तर्फ अनिवार्य विषय अंग्रेजी र नेपालीमासमेत एउटा मात्र सेक्सन रहेकोे छ तर कक्षा कोठा पर्याप्त छैन । 

समाजशास्त्रमा १६ जना स्थायी दरबन्दी भएमध्ये । १४ जना स्थायी तथा करार शिक्षकले पढाइरहेका छन् । आंशिक शिक्षकलाई कक्षा नै नपुग्ने अवस्थामा ४ वटा दरबन्दी समाजशास्त्र विषयमा मात्रै खुलाइएको छ । पद्मकन्या क्याम्पसकै प्राध्यापक लोकनाथ दुलालकी श्रीमती इन्द्रकला भण्डारी आंशिक शिक्षक छिन् । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी बहिनी हुन् । 

त्रिभुवन विश्वविद्यालय विद्यार्थी राजनीति गरेका तपराज जोशी, दीपक पोखरेल र विष्णु बसेलजस्ता पद्मकन्यामा पढाउन छिरेका राजनीतिकर्मीहरूको व्यवस्थापनकै लागि समाजशास्त्र विषयमा सेक्सन बढी देखाएर बढी क्रेडिट कक्षा बनाइएको हो । विष्णु बसेल समाजशास्त्र केन्द्रिय विभागमा पनि पढाउँछन् । त्यहाँको करार प्रक्रियामा चित्त नबुझेर अख्तियार पुगेका छन् । पद्मकन्याको करार प्रक्रियामा उनी चार जना मध्ये घ नम्बरमा उत्तीर्ण भएको देखिन्छ । पद्मकन्यातर्फ समाजशास्त्रको प्रक्रिया नमिल्दाचाहिँ को अख्तियार जान्छ ?
 

टिप्पणीहरू