रंगिला हाकिमलाई हेर्न सिंहदरबारमा रमिता

रंगिला हाकिमलाई हेर्न सिंहदरबारमा रमिता

नाम होस्, बदनाम होस्, गुमनाम नहोस् ! यो उखान ठ्याक्कै मेल खान्छ एक जना उपसचिवको हकमा । उनी कुनै सेलिब्रिटी होइनन्, झापामा रहँदा रंगीला काण्ड लागेर सिंहदरबारमा तानिएका थिए । अधिकांश समय मास्क लगाएर हिँड्छन् ।

लामो समय स्थानीय तह, गृह प्रशासन, उद्योग मन्त्रालय मातहत बसेका कारण सामान्य प्रशासन मन्त्रालयबाट अन्य मन्त्रालयका साथीसंगीलाई भेट्न पुग्छन्, त्यहाँ डम्बरु निरौला आएको खबर क्षणभरमै आगोझैं फैलिन्छ र उनको दिव्य मुहारको दर्शन गर्न कर्मचारीको भीडै लाग्छ ।

साउन दोस्रो साता निरौलाले नगरपालिकाको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भयो । त्यसपछि सामान्यले अतिरिक्त समूहमा राखेको छ २४ साउनदेखि । डमरुको ठाउँमा सामान्यले उपसचिव गणेशराज कार्कीलाई झापा खटाएको छ । 

दुई छोरीसहित श्रीमती सिनामंगलमा बस्छिन् । परस्त्रीसँग अश्लील हर्कतमा जोडिएका डम्बरु जता पुग्छन्, त्यहाँ कर्मचारीको भीड लाग्छ । आइतबार जनआस्थाकर्मी उद्योग मन्त्रालय पुग्दा डम्बरु एक जना कर्मचारीको कार्यकक्षमा बसिरहेका थिए । डम्बरु आएको खबर आगोसरी फैलिनासाथ पहिलो, दोस्रो होइन पाँचौँ तलामा रहेका कर्मचारी पनि अनुहार हेर्ने बहानामा उक्त कोठामा छिरिरहेका थिए । भूमि व्यवस्था मन्त्रालयमा पुग्दा पनि उस्तै दृश्य देखिएको त्यहाँका कर्मचारीले बताए ।

कुनै समय ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी चलाइसकेका निरौलाले यो विषयमा गृह प्रशासन चलाएर अहिले सामान्य प्रशासनमा आएका सचिव विनोद सिंहलाई बताउने पटक पटक प्रयास गरेका थिए तर एकान्त वार्ताको अवसर नजुरेको दुःखेसो सुनाउँछन् । झापामा सहायक सिडिओ रहेका बेला जग्गा किर्ते काण्डमा संलग्न रहेको आरोप उनीमाथि छ । 
 

टिप्पणीहरू