ए दलित, ए नेप्टेचेप्टे– अध्यक्ष भएर देखा त ?
केही वर्षअगाडि उद्योग वाणिज्य महासंघको विशेष निमन्त्रणामा मलेसियाका भूपू प्रम महाथिर मोहमद नेपाल आउनुभएको थियो । उहाँले निकै जोड दिएर एउटा कुरा राख्नु भयो । यदि कुनै देशको शान्ति, सुव्यवस्था, विकास, अपनत्व, सुशासन ... सधैँभरि ढुक्कले कायम राख्ने हो भने सबभन्दा पहिले यो या ऊ या कुनै पनि बहाना (यो गोरो छ, यसको दाह्री छ, यो अग्लो छ, यसले अल्ली धेरै पढेको छ, यो मेरो नजिकको जात हो, यसको मेरो भाषा मिल्छ, हाम्रो अनुहार मिल्छ, यो ठूलो जात हो) नराखिकन काम गर्नुपर्छ ।
आज २९% बाहुन, क्षेत्रीमा भन्दा ७०% जनजाति मधेसीहरूमा पढ्नेको संख्या धेरै देखिन्छ । विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ/संस्थाबाट प्रस्तुत डाटामा झा, नेवारलाई जातीय सूचांकको अगाडि देखाएको छ । अझ नेवार जातिलाई कतै–कतै नेपालको उच्चतम विकसित समुदाय भनिएको पनि भेटिन्छ । त्यति मात्रै कहाँ हो र यो समुदाय विशेष गरी राजधानीलगायत देशका प्रमुख शहरमा अर्थात् सुविधासम्पन्न केन्द्रमै बसोबास गर्छ तैपनि यिनीहरूको पहुँच (राजनीति, नियुक्ति, अवसर, सुविधा, लोकसेवा, पुलिस, प्रशासनतिर) न बराबर नै देखिन्छ । संघसंस्था, आयोग प्रमुख, सचिव, सेना, पुलिस, प्रशासन सबैतिर ठकुरी, राणा, क्षत्री, बाहुनको हातमा छ ! लोकसेवामा बाहुन क्षेत्री नै हाकिम ।
मधेसीमा पनि काला काला बिहारीजस्ता भेशभूषा केही मिल्दैन, जात, थर, भाषा मिल्दैन अनि कुन लजिकले लोकसेवा पास गराउने वा नियुक्ति दिलाउने पार्टीको अध्यक्ष र प्रम पनि बाहुन क्षेत्रीको सिण्डिकेटजस्तै छ । समावेशीको नाममा अकार्यकारी पदमा जस्तैः राष्ट्रपति, सभामुखजस्ता पद बेला–बेला थमाइदिने गरेको छ । पार्टीमा हद भए उपाध्यक्ष र मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसम्म बनाउने चलन !! सुवास नेम्वाङ जिन्दगीभर अध्यक्ष र प्रम बन्न सक्दैनन् । लिङ्देन ज्ञानेन्द्रको चलाखीले आएका हुन् ।
काङ्गेसमा हुने तिनै ठकुरी, कोइराला, बाहुन क्षेत्री नै हुन् ! निधि, धनराज र गोपालमान यी सबै उपाध्यक्षसम्म बनाएर समावेशिता देखाइदिन प्रयोग हुने कोरमे पात्र मात्र हुन् ! माओवादी, माधव, रास्वपामा पनि दूरदूरसम्म मधेसी, जनजातिलाई ठाउँ छैन । भारतका सामाजिक अभियन्ता अन्ना हजारेले भनेजस्तै हामीकहाँ चुनाव जित्न पहिलो टिकेट पाउनुप¥यो ।
७२% जनजाति भएको देशमा ५% भन्दा बढी दलित, जनजाति र मधिशेको पहुँच नरहनु जस्तो बिडम्ना अरु के हुन्छ ? २०–४०% साक्षर भएका कतिपय अफ्रिकन मुलुक पनि धमाधम जातीय आन्दोलनमार्फत सेटल हुने क्रममा छन् ! हामी पनि समयमै महाथिर मोहम्मदले भन्नुभएअनुसार चल्न सकेनौँ भने आज नभए भोलि स–सानो बहानाबाट देश जातीय आन्दोलनमा नफस्ला भन्न सकिन्न ।
टिप्पणीहरू