उदयपुरका जेलरको उपद्रो

उदयपुरका जेलरको उपद्रो

उदयपुर जिल्लामा डिगम कार्की नामक जेलर छन् । उनी त्यहाँ बसेको करिब ५ वर्ष भइसकेको छ । उनीमाथि कैदीलाई बढी मूल्यमा सामान किन्न लगाएर नाफा सिडिओ जनार्दन गौतमलाई समेत दिने गरेको आरोप छ । 

उनले ३ वर्षदेखि संगम नेपाली भन्ने जँड्याहालाई चौकीदार बनाएका छन् । संगमले बाहिरबाट महँगोमा बंगुर र अन्य सामान ल्याएर बढी पैसामा कैदीलाई खान र किन्न बाध्य बनाउँछन् ।

कारागारभित्रको बेथितिबारे रिपोर्ट गर्ने कैदीलाई ठोकठाक पार्ने काममा यिनले ५ जनालाई पालेका छन् । ती रावल श्रेष्ठ, बुद्धिमान कार्की, हरि खत्री, भूषण राई र रेगन रानाहरू हुन् । यिनले कुटेर कति जनाको दाँत झरिसकेको छ । यी सबै घटनाबारे थाहा हुँदा पनि अन्य जिल्लाका कारागारमा पठाएर तितरबितर पार्न खोज्दैनन् । सबै कुरा पैसाले रोकेको छ । कारागारमा करिब २५० जना कैदी छन् । त्यहाँ जम्मा ६ वटा धारा र ४ वटा ट्वाइलेट मात्र छन् । बिहान दिसापिसाब र नुहाउने काम यी ५ जना कैदी डनले नगरेसम्म अरुको पालो आउँदैन ।

उपर्युक्त व्यहोरा जेलर, सिडिओ र कारागार विभागमा निवेदन गर्दासम्म पनि मर्का कसैले बुझेन । यस्तै अत्याचार देशका अन्य कारागारमा पनि भइरहेका होलान् । भित्र पत्रिका हेर्न, टिभी हेर्न पनि यिनै गुण्डाले रोक्छन्, हे¥यो भने डिस्टर्ब भयो भनेर कुटपिट गर्छन् । एकै खाटमा ३ जनासम्म सुत्नुपर्छ । खेलकुदका सामान पनि गुण्डाकै हातमा हुन्छ । त्यो अत्याचारलाई नरोक्ने हो भने उदयपुरमा निकट भविष्यमै ठूलो घटना हुनेवाला छ ।

– उदयपुर जिल्ला कारागारका पीडित कैदीहरू
 

टिप्पणीहरू