कलंकी–बसुन्धरा सडकखण्डमा धमाधम काम (फोटो फिचर)

कलंकी–बसुन्धरा सडकखण्डमा धमाधम काम (फोटो फिचर)
सुन्नुहोस्

कलंकी–बसुन्धरा सडकखण्ड विस्तारका लागि आवश्यक ‘सर्भिस ट्रयाक’ को निर्माण तीव्र गतिमा अघि बढेको छ । गत साउनदेखि चक्रपथ सुधार योजनाले शुरु गरेको ‘ट्रयाक’ निर्माणको कामले रफ्तार लिएको हो । 

‘ट्रयाक’ निर्माणका लागि कलंकी–बसुन्धरा सडक चार खण्डमा विभाजन गरिएको छ । ६ मीटर चौडाईंमा बन्ने ‘ट्रयाक’ को कूल लम्बाई आठ दशमलव दुई किलोमिटर छ । 

चक्रपथ विस्तारकै दोस्रो फेजमा रहेको कंलकी–बसुन्धरा सडकअन्तर्गत हाल सामाखुसी क्षेत्रमा विस्तारको काम भइरहेको छ । ‘ट्रयाक’ निर्माणको ठेक्का दुई निर्माण कम्पनीले पाएको छ । सम्झौताअनुरुप २० महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

टिप्पणीहरू