कांग्रेस केन्द्रीय समितिमा ८ जना थपिए
नेपाली कांग्रेसले आठ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य थप गर्नुभएको हो ।
थपिने केन्द्रीय सदस्यहरुमा गुल्मीका डा.चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेपलाञ्चोकका शिवप्रसाद हुमागाई, बाग्लुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीकी शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन् ।
केन्द्रीय सदस्य मनोनित भण्डारी १४ औं महाधिवेशनमा भण्डारी उपसभापति र विश्वकर्मा सहमहामन्त्रीमा पराजित भएका थिए ।
टिप्पणीहरू