जासुस प्रमुख दिल्ली जाँदै

जासुस प्रमुख दिल्ली जाँदै

बीपी कोइराला गृहमन्त्री हुँदा २००८ सालमा स्थापित संस्थाको ७०औं वार्षिकोत्सव मनाउन छाडीछाडी कोही पदाधिकारी विदेशीको निम्तो मान्न कुद्छ भने त्यसलाई कस्तो राष्ट्रसेवक भन्ने ? यस्तो प्रश्न उठेको छ, सिंहदरबार, पुतली बगैंचास्थित गुप्तचर विभागमा ।

अघिल्लो महिना भदौ १२ गते विभागको वार्षिकोत्सव मनाउन छाडेर गुप्तचर प्रमुख हुतराज थापा अघिल्लै दिन दक्षिण कोरियातिर हान्निएका थिए । अहिले भारत जाने तयारीमा छन् । कोरिया जानुअघि उनले नेपालमा पाँच सदस्यीय उताको गुप्तचर टोलीलाई वैशाख १ गते स्वागत सत्कार गरेका थिए ।

त्यसको पैँचो खान संस्थाको वार्षिकोत्सव छाडेर त्यता लागे । कोरियाबाट नेशनल इन्टेलिजेन्स सर्भिसका एसिया प्यासिफिक चिफ किम हाओनले निम्तो पठाएको लगत्तै हुतराज त्यता हान्निए । यही साता एसपी राजु शर्मासहित नयाँ ‘र’ चिफ रवि सिंहको निम्तो मान्न दिल्ली जाने तयारीमा छन् ।

अचम्म के छ भने, नेपाली गुप्तचरले देशमा राम्रो सूचना संकलन नगर्ने, तर विदेशीलाई नेपालका सूचना साझेदारी गर्ने हतारोमा बाहिरतिर बढी रमाउने क्रम चलेको छ । 
 

टिप्पणीहरू