मानसिक स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई पुरस्कार दिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग तथा मानसिक स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याएका स्वास्थ्यकर्मीलाई पुरकार दिने भएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवस तथा राष्ट्रिय सेतो कोट दिवसको अवसरमा मन्त्रालयले पुरस्कार दिन लागेको हो । मानसिक स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याएका चिकित्सकसहित विभिन्न व्यक्ति र संस्थासमेत पुरस्कारका लागि योग्य रहने मन्त्रालयले जनाएको छ ।
यसका लागि मन्त्रालयले मानसिक क्षेत्रमा योगदान गरेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, अस्पताल एंव स्वास्थ्य संस्था, सरकारी तथा गैरसरकारी संस्था र साझेदार संस्थालाई यही असोज १६ गतेभित्र निवेदन पेश गर्न भनेको छ ।
नसर्ने रोग रोकथाम, नियन्त्रण तथा उपचारको क्षेत्रमा कम्तीमा दश वर्ष सेवा गरेको, ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा गरेको तथा राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ ले तय गरेका रणनीतिक प्राथमिकतामा रही मानसिक स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गरेको व्यक्ति तथा संस्थाले निवेदन दिन सक्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
टिप्पणीहरू