१९ औं एसियाली खेलकुद आज राति सकिँदै

१९ औं एसियाली खेलकुद आज राति सकिँदै
सुन्नुहोस्

पछिल्लो १६ दिनदेखि चीनको हाङ्चौमा जारी १९ औं एसियाली खेलकूद आजदेखि औपचारिक रुपमा समापन हुँदैछ । समापन समारोह नेपाली समयानुसार आज साँझ पौने ६ बजेदेखि हुने बताइएको छ ।

प्रतियोगितामा चीनले सबैभन्दा धेरै स्वर्ण र कूल पदक जितेको छ । जसमा २ सय स्वर्ण, एक सय ११ रजत र ७१ कास्यसहित तीन सय आठ पदक आफ्नो पक्षमा पारेको छ । जापानले ५१ स्वर्ण, दक्षिण कोरियाले ४२ स्वर्ण र भारतले २८ स्वर्ण जितेर क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान कायम गरेका छन् ।

नेपालले करातेमा रजत र कबड्डीमा कास्यसहित दुई पदक जितेको छ । एसियाडमा सहभागी ४५ मुलुकमध्ये २७ वटाले स्वर्ण र ४१ मुलुकले पदक जितेका छन् ।

आज दिउँसो तीन स्वर्ण पदकको छिनोफानो हुँदैछ ।

टिप्पणीहरू