महिला क्रिकेट खेलाडीलाई जनही साढे दुई लाख
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यु–१९ महिला विश्वकपका लागि पहिलोपटक छनोट भएका यु–१९ राष्ट्रिय महिला क्रिकेट टोलीलाई पुरस्कृत गर्ने भएको छ । क्यानले प्रत्येक खेलाडीलाई साढे दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्न लागेको हो ।
टोलीका अफिसियलहरुलाई डेढ लाख रुपैयाँ पुरस्कार दिइने क्यानले जनाएको छ । यही नोभेम्बर ४ देखि १३ सम्म युएईमा सञ्चालन भएको ‘आईसीसी यु–१९ वोमन्स टी–२० वर्ल्डकप एसिया क्वालिफायर’ प्रतियोगितामा नेपाली टोलीले प्रथम स्थान हासिल गरेको छ ।
सन् २०२५ को जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेशियामा विश्वकप हुँदैछ । समूह ‘डी’ मा रहेको नेपालले अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
टिप्पणीहरू