विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएको मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

आयोगले विशेषबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये एउटामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको जनाएको छ । 

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

भरतराज आचार्यसहित दुई जनाविरुद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दुई करोड सात लाख ७९ हजार बिगो मागदाबीसहित अख्तियारद्वारा दायर गरिएको मुद्दामा विशेष अदालतको गत माघ १६ गतेको फैसलाले सफाई दिएको थियो । 

त्यसप्रति असन्तुष्टि जनाउँदै अख्तियार सर्वोच्च अदालत पुगेको हो । अख्तियारले हिजो पनि विशेष अदालतबाट फैसला भएका दुई वटा मुद्दामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको छ ।

टिप्पणीहरू