स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यद्वारा सामूहिक राजीनामा

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यद्वारा सामूहिक राजीनामा

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । परिस्थितिजन्य उपज भन्दै उनीहरुले आज पद छोड्ने निर्णय गरेका हुन् । 

राजीनामा दिने बोर्ड सदस्यहरुमा डा. सुरेशकुमार तिवारी, डा. तारा शाह, चन्द्रबहादुर थापा, टीका चापागाईं भट्टराई र इन्द्रकला राई छन् । उनीहरुले आज बोर्डका कार्यकारी निर्देशकमार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा पत्र बुझाएका हुन् । 

बद्लिदो परिस्थिति र व्यवहारिक कारणले राजीनामा दिनुपरेको पत्रमा उल्लेख छ । भनिएको छ,‘स्वास्थ्य सेवाका क्रममा हुने खर्च कम गर्दै र गुणस्तरीय सेवामा जनताको सर्वसुलभ पहुँच स्थापित गर्न स्वास्थ्य बीमा बोर्डको सदस्यको रुपमा रही नीति, कार्यविधि र कार्यक्रमहरु तयार पारी लागु गर्ने कार्यमा क्षमताले भ्याएसम्म योगदान गरियो । बद्लिदो परिवेश र हाम्रो व्यवहारिक कारणले हजुरसमक्ष यो राजीनामा दिएका हौं ।’

टिप्पणीहरू