मुलुकभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

मुलुकभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै
सुन्नुहोस्

आज मुलुकभरका साना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । आज र भोलि छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाईंदैछ । 

हरेक वर्ष कात्तिक २ र ३ गते खुवाउने गरिएको भिटामिन ‘ए’ कार्यक्रम यो वर्ष दसैँका कारण आज र भोलि खुवाउन थालिएको हो । यो वर्षको दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाखमा हुने बताइएको छ ।

यस पटक भिटामिन ‘ए’ २७ लाख र जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाउने लक्ष्य राखिएको छ । सरकारले तीन दशकदेखि प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।
 

टिप्पणीहरू