राजधानीमा चहलपहलसँगै झिलिमिली बढ्दो

राजधानीमा चहलपहलसँगै झिलिमिली बढ्दो
सुन्नुहोस्

नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावली अर्थात् तिहार नजिकिएसँगै काठमाडौं उपत्यकामा पनि चहलपहल बढेको छ । 

उपत्यकाका मुख्य व्यापारिक क्षेत्रमा माटाको पाला, रङ, झिलीमिली बत्ती, फूलका माला, भाडाकुट्टा, कपडालगायत अन्य सामग्री किन्नेको भीड लाग्न थालेको छ । काठमाडौंको इन्द्रचोक, न्युरोड, असन, नयाँ सडक, भोटाहिटीलगायत क्षेत्रमा सर्वसाधारणको चाप उल्लेख्य देखिन्छ । 

मखमली र सयपत्री फूलले राजधानीका बजार ढाकिन थालेको छ । भित्री सहरका गल्लीमा समेत तिहारका मसलालाई आकर्षक ढंगले सजाइएको छ । यसले बजार आवतजावत गर्नेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको छ ।

टिप्पणीहरू