पशुपतिमा गाईतिहार (फोटो फिचर)
गाई तिहारको अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रमा गाईपूजा गरिएको छ । त्यहाँ रहेको नन्दी सेवास्थल र पशुपति परिसरको राम मन्दिरमा गाईको पूजा गरिएको हो ।
सर्वसाधरणहरु जनैपूर्णिमामा हातमा बाँधिएको डोरो (यज्ञो पवित) गाईको पुच्छरमा बाँध्न पुगेका देखिन्थे । उक्त डोरो गाईंको पुच्छरमा बाँधेपछि मृत्युपश्चात् स्वर्ग जान वैतरणी नदी तर्न सहज हुने धार्मिक विश्वाससमेत छ ।
टिप्पणीहरू