हङकङ–ल्हासा : सेवक खास्सा

हङकङ–ल्हासा : सेवक खास्सा

सरकार नातापाता पोस्न मग्न भएपछि करिअरका आधारमा सरकारी सेवाको अवसर उपभोग गर्नुपर्ने कर्मचारीहरु हिस्स भएका छन् ।

आन्तरिक राजश्वका महानिर्देशक विनोद कुँवर र नेत्र सुवेदीले महावाणिज्यदूत बन्न खुट्टा उचालिसकेका थिए । तर, नेताको नाता र रकमको प्रभावमा नवराज ढकाल र उदय रानाहरुले बाजी मारेका छन् ।

भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई सहयोग पुगोस् भनी प्रचण्डकै जोडमा नेत्र त्यहाँको कार्यकारी अधिकृतका रुपमा गएका थिए । त्यहाँबाट बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकका रुपमा सरुवा भए । कम्तिमा दुई वर्ष बाणिज्य मन्त्रालयको कार्यअनुभवका आधारमा कुनै देशको महावाणिज्यदूत हुन पाइने सरकारको कार्यविधि पूरा गरे । तर, हुने बेलामा सोझै बालुवाटारबाट पठाइएका नाम अनुमोदित भए । प्रचण्डको पनि केही जोडबल चलेन ।

हुने बेलामा सोझै बालुवाटारबाट पठाइएका नाम अनुमोदित भए । प्रचण्डको पनि केही जोडबल चलेन ।

नेत्र त पूर्व माओवादी भए, उनको नियुक्ति भएन भनौँ भने एमाले अखिलको क्याम्पस तहको नेता हुँदैमा निजामती सेवामा छिरेका विनोद कुँवर पनि बालुवाटारको प्रिय नहुँदा र अर्को गुटनिकटको आरोप खेप्दा हिस्स परेका छन् ।

उनले लामो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको जिम्मेवारी सम्हाले । त्यहाँबाट अर्थअन्तर्गत आन्तरिक राजश्व विभागमा गए ।

तर, महावाणिज्यदूत हुने बेलामा उद्योग मन्त्रालयमा सहसचिव रहेका नुवाकोटे नवराज ढकाल र उदयपुरमा सिडिओ चलाएका उदय रानाको नाम बालुवाटारदेखि नै जोडतोडका साथ पठाइयो । उदय हङकङ र नवराज ल्हासाका लागि महावाणिज्यदूत नियुक्त भए । ल्हासाका महावाणिज्यदूत गोविन्द कार्की र हङकङका कमल भट्टराईको कार्यकाल फागुनमै सकिएको हो ।

टिप्पणीहरू