राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणमा, नयाँ दिल्लीको फलोअप टिचिङमा

राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणमा, नयाँ दिल्लीको फलोअप टिचिङमा

राष्ट्रपति रामचन्द्र पौडेल आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ । उहाँ बिहान साढे ११ बजेको सयमा अस्पताल पुग्नुभएको बताइएको छ । 

उहाँ आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल जानुभएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । 

उहाँ छाती खराब भएपछि थप उपचारको निम्ति गत बैशाखमा एअर एम्बुलेन्समा नयाँ दिल्ली जानुभएको थियो । दुई साता लामो उपचारको क्रममा भएको ५५ लाखभन्दा बढी रकम राष्ट्रपति आफैँले तिर्ने जनाइए पनि गत असारमा नेपाल सरकारले उहाँको भारतमा गरिएको औषधोउपचारको सबै खर्च व्यहोरेको हो ।

टिप्पणीहरू