चार सय केजी च्याप्पै

चार सय केजी च्याप्पै

उदयपुरमा चार सय केजी गाँजासहित २ जना लागुऔषध काराेबारीलाई पक्राउ गरी सार्वजनिक गरिएकाे छ । उदयपुरका सिडियाे चक्रपाणि पाण्डे, प्रहरीका प्रमुख भीम दाहालकाे उपस्थितिमा सार्वजनिक गरिएको हाे ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका वडा नम्बर १ का २९ वर्षका जयराम भन्ने पुषबहादुर मगर, साेहि पालिका ३ का ४३ वर्षका रामबहादुर तामाङ रहेकाे जिल्ला प्रहरी प्रमुख दाहालले बताए । बरामद गाजाकाे ताैल ४०० केजी छ भने बजार मूल्य करिब १५ लाख रूपैयाँ रहेकोे बताईन्छ । सुरक्षाकर्मीले सुराकीकाे आधारमा पक्राउ गरेको हाे ।

तस्करीमा संलग्न अन्य अभियुक्तहरूकाे खाेजी जारी छ । साे गाँजा सिरहाका तस्करहरूमार्फत भारतीय बजारमा बिक्री गर्न लागिएको थियो । उदयपुरगढी गापा ७ तिल्केनिका सन्तबहादुर तामाङकाे गाेठमा गाँजा भेटिएको हो ।

टिप्पणीहरू