रातभर कौडाको खाल, बिहानीपख जुवाडेको बेहाल

रातभर कौडाको खाल, बिहानीपख जुवाडेको बेहाल

ललितपुरमा एक दर्जनबढी कौडाको खालबाट पक्राउ परेका छन् । कोन्ज्योम गाउँपालिका–१ तिलमडाँडा बस्ने श्याम तामाङको घरमा कौडा खेलिरहेको अवस्थामा २३ वर्षीय सोमराज घ्रयावासहित १५ जना पक्राउ परेका हुन् । 

विशेष सुराकीको आधारमा प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले आज बिहान उनीहरुलाई खालबाट नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीले उनीहरुको साथबाट एक लाख ७३ हजार ११० रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू