आज क्रिसमसको रौनक, हिजो क्रिसमस इभ (फोटो फिचर)

आज क्रिसमसको रौनक, हिजो क्रिसमस इभ (फोटो फिचर)
सुन्नुहोस्

आज विश्वका धेरैजसो मुलुकमा क्रिसमस मनाइएको छ । नेपालमा पनि आज  क्रिसमस धर्मावलम्बीहरुको उक्त पर्वमा सार्वजनिक बिदा दिइएको छ ।

हिजो राजधानीका विभिन्न मल, होटल तथा रेष्टुरेन्टमा क्रिसमस इभ मनाइएको थियो । ती स्थानमा राखिएका क्रिसमस ट्री सामुन्ने उभिएर तस्वीर खिच्नेहरुको बाक्लो भीड देखिन्थ्यो ।  

अंग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरका दिन क्रिश्चियन धर्मावलम्बीले यो पर्व मनाउँछन् । जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा यो पर्व मनाउन थालिएको हो । 

यसरी सुरु भयो क्रिसमस

क्रिसमस मनाउने परम्परा निकै पुरानो मानिन्छ । सबैभन्दा पहिले क्रिसमस ३३६ ईशा पूर्वमा रोमनका पहिलो ईसायी रोमन सम्राटको समयमा २५ डिसेम्बरको दिन मनाइएको थियो ।

त्यो समयमा त्यो रोमन स्टेटको आधिकारिक पर्व थिएन । त्यसपछि जिससको जन्मको तारिखबारे विवाद भयो । त्यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रुपबाट जिससको जन्मदिन २५ डिसेम्बरमा मनाउने घोषणा गरिदिए । 

त्यो समयदेखि हरेक वर्ष २५ डिसेम्बरको दिन क्रिसमस मनाउने परम्पराको थालनी भएको विश्वास छ ।

टिप्पणीहरू