ज्यापु दिवस र यःमरी पुन्हिको रौनक (फोटो फिचर)

ज्यापु दिवस र यःमरी पुन्हिको रौनक (फोटो फिचर)
सुन्नुहोस्

नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्हि मनाइरहेका छन् । काठमाडौंलगायत विभिन्न जिल्लामा रहेका नेवार समुदायले नयाँ अन्नबाली भित्राइएको खुशीयालीमा यःमरी पुन्हि मनाएका हुन् । 

नयाँ धानबाट बनेको चामलको पिठोभित्र चाकु, खुवा र तिल राखेर यःमरी बनाइन्छ । नेपाल भाषामा यः भनेको मनपर्ने र मरी भनेको रोटी वा मिठाई हो । घर भित्र्याइएको नयाँ धान वर्षभरिका लागि पुगोस् भनेर नेवार समुदायमा धान पूजा गर्ने प्रचलन पनि छ । 

आजै काठमाडौं उपत्यकाका नेवार समुदायभित्रकै ज्यापु समुदायले ‘२० औं ज्यापु दिवस’ मनाएका छन् । उनीहरुले काठमाडौंको टंगालबाट र्याली निकालेका छन् ।

टिप्पणीहरू