दक्षिण कोरियाली विपक्षी दलका नेतामाथि छुरा प्रहार

दक्षिण कोरियाली विपक्षी दलका नेतामाथि छुरा प्रहार

दक्षिण कोरियाली विपक्षी दलका नेतामाथि छुरा हानिएको छ । दक्षिणी शहर बुसानमा ली जे म्युङ्गमाथि छुरा प्रहार गरिएको बताइएको छ । 

योन्हाप समाचार संस्थाका अनुसार पत्रकार सम्मेलनका क्रममा एक व्यक्तिले उनको बायाँ गर्दनमा छुरा प्रहार गरेका हुन् । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विपक्षी नेता ली गत वर्षकोे राष्ट्रपति निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए भने आगामी वर्षको आमनिर्वाचनमा पनि उम्मेदवार हुने तयारी रहेको बताइएको छ ।

५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका सभापति हुन् ।

टिप्पणीहरू