माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुल छ्यापछ्याप्ती
माघे संक्रान्ति नजिकिँदै छ । माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुल छ्यापछ्याप्ती देखिन थालिएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्नेहरुको भीड लागेको छ ।
कालिमाटीमा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पाताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुललगायत धमाधम बिक्री हुन थालेका छन् । दुई सयदेखि पाँच सय रुपैयाँ ढकसम्ममा तरुल बिक्री भइरहेको कालीमाटीका व्यापारीहरु बताउँछन् ।
टिप्पणीहरू