‘बा’ले त्यसोभन्दा शोभा बेचैन

‘बा’ले त्यसोभन्दा शोभा बेचैन
सुन्नुहोस्

मामिला महिलाको छ, जसले गर्दा पारिवारिकदेखि राजनीतिक जीवनसम्म बर्बाद छ । एमाले नेता महेश बस्नेत (भक्तपुर) को प्रसंग हो यो । 

बालकोटमा एमाले अध्यक्ष केपी ओलीसँग आफ्नो दुःख बिसाउन पुगेकी धादिङ, चैनपुरकी शोभा पाठकले जवाफ पाइन्, ‘त्यो फटाहा हो, छाडिदेऊ !’ निराश भएर बालकोटबाट फर्किएकी उनी आफूसँग भएका सम्पूर्ण कागजातसहित मेडिकल व्यवसायी दुर्गा प्रसाईंकहाँ पुगेकी छन् । गत साता पार्टी महासचिव शंकर पोखरेललाई भेटेर आफ्ना सबै पीडा सुनाइन् । महेशले आफूसँग पत्नीवत् सम्बन्ध कायम राखेको, तर पत्नीका रुपमा अहिलेसम्म स्वीकार नगरेको उनको गुनासो छ । 

केही समयअघि महेश दिल्ली गएका थिए । प्रयोजन थियो, शोभाको उपचार । यो सम्बन्धका कारण महेशको घरायसी झगडा चर्किएको चर्चा च्यासलस्थित एमाले मुख्यालयमा चल्ने गरेको छ । पार्टीको बैठकमा अध्यक्ष ओलीले कसैको पनि नाम नलिई ‘पत्नीलाई पिट्ने’ भनी आलोचना नै गर्नुभएको थियो । च्यासलमा चर्चा छ, ‘कतै ती व्यक्ति महेश त हैनन् ?’

शोभाका निम्ति महेशले अलग्गै फ्ल्याट खरिद गरेको बताइन्छ । त्यहीँ केही महिनाअघि ‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’ बोलको गीतमा उनले एउटा टिकटक बनाइन् । बेडरुमको दृश्य छ ।

उनले शंकर पोखरेललाई सुनाएअनुसार, महेशले तीनचोटि स्वास्थ्य समस्या गराए । दिल्ली जाँदा अस्पतालले भराउने फारममा आफूलाई ‘पत्नी हो’ भनेर ल्याप्चे लगाएको कागज पनि बुझाइन् । यस्तो गुनासो राख्न जाँदा उनी अर्कै केटासँग पार्टीमा पुगेकी थिइन् । उनले भनेकी छन्, ‘विवाह गरे ठीक छ, नत्र कानुनी र प्रशासनिक कदम चाल्छु ।’ 

महेशले भने आफ्नो राजनीतिक जीवन खत्तम पार्न खोजेको भन्दै दुःख नदिन अनुरोध गरिरहेका छन् । शोभाको भनाइ छ, ‘तपाईं मेरो जिन्दगी बर्बाद पार्न खोज्ने, मैलेचाहिँ तपाईंको राजनीति भनेर चूप लाग्नुपर्ने ?’ 

राजदूत शर्मिला ढकाल, कोमल ओली, पूर्वराजदूत अञ्जान शाक्यहरूजस्तै शोभा बालकोटमा सहज प्रवेश पाउने र ‘बा’ भन्दै पुग्ने केही महिलाभित्रमा पर्छिन् । तर, ‘महेशलाई छाडिदेऊ’ भनेका दिनदेखि बालकोट गएकी छैनन् ।

यससम्बन्धमा शोभा भन्छिन् :

अरुको जस्तै मेरो पनि निजी जीवन एकातिर छ । अर्कोतर्फ युवा संघको केन्द्रीय सदस्य भएको नाताले सांगठनिक काममा सक्रिय हुनु मेरो कर्तव्य र जिम्मेवारी हो भने महेशजी हाम्रो सँगठनको इन्चार्ज हुनुहुन्छ ।

म दिल्ली गएकै हुँ । बाँच्ने अधिकार सबैलाई हुन्छ । उपचारको निम्ति त्यता जानुलाई कसैले पनि समाचार बनाउनु पर्ने हैन । के मैले उपचार गर्न नपाउनु ? 

सांगठनिक कामको सिलसिलामा श्रध्देय महासचिव शंकर पोखरेलसँग उभिएर केही बेर कुराकानी भएकै हो । आदरणीय अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी कार्यकर्ताको नाताले फोनमा केही कुरा गर्दा अरुले टाउको दुखाउनुको कुनै अर्थ छैन ।

समाजमा,त्यसमा पनि राजनीतिमा आँटिला महिलाहरु पछिल्लो समय फ्रन्टमा आएर आफ्ना कुरा खुलस्तसँग राख्न थालेका छन् । उनीहरु प्रगतिमा अगाडि बढ्दा त्यसमा सञ्चार माध्यम पनि सहयोेगी बन्नुपर्छ । नकारात्मक कुरा उछाल्नु हुँदैन ।

टिप्पणीहरू