दुई नेपाली विद्यार्थीलाई कोरियामा छात्रवृत्ति

दुई नेपाली विद्यार्थीलाई कोरियामा छात्रवृत्ति
सुन्नुहोस्

दक्षिण कोरियाको ‘वुजुङ एजुकेशन एण्ड कल्चर फाउण्डेशन’ ले दुई जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । पीएचडी गरिरहेका सूर्यमाया मगराती र स्नातक अध्ययनरत कविता श्रेष्ठलाई छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी दिइएको छ ।

सन् २०२४ को प्रथम सेमेस्टरमा अध्ययनरत दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न फाउण्डेशनबाट आवेदन भएबमोजिम सिओलस्थित नेपाली राजदूतावासले केही दिनअघि सूचना जारी गरेको थियो । जसअनुसार शैक्षिक योग्यता, नेतृत्व क्षमता तथा सामुदायिक सेवामा सक्रिय भूमिका खेलेका दुई जनालाई छात्रवृत्तिका लागि छनौट गरिएको बताइएको छ ।

दूतावासले जारी गरेको सूचनामा छनौट भएका विद्यार्थीलाई २६ फेब्रुअरी दिउँसो ५ बजे ‘कोरिया च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्री बिल्डिङ’ मा उपस्थित हुन सूचित गराएको छ । 

‘शैक्षिक योग्यता, नेतृत्व क्षमता तथा सामुदायिक सेवामा सक्रिय भूमिका खेलेका विद्यार्थीहरु मध्येबाट देहायबमोजिमका विद्यार्थीहरुले छात्रवृत्ति पाउनुभएको जानकारी ‘वुजुङ एजुकेशन एण्ड कल्चर फाउण्डेशन’ बाट प्राप्त भएकोले २६ फेब्रुअरी २०२४ को दिन ५ बजे ‘कोरिया च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्री बिल्डिङ’ मा हुने कार्यक्रममा छनौट भएका उम्मेदवारहरुलाई सहभागी हुन अनुरोध गरिन्छ’,सूचनामा उल्लेख छ ।

टिप्पणीहरू