कक्षा ११ मा साढे चार हजारलाई छात्रवृत्ति

कक्षा ११ मा साढे चार हजारलाई छात्रवृत्ति

काठमाडौं महानगरपालिकाले कक्षा ११ का लागि छात्रवृत्ति कोटा निर्धारण गरेको छ । गएको वर्षको भर्नाको अनुपात, क्षमतालगायतका सूचकका आधारमा महानगरले कोटा छुट्याएको हो ।    

यस वर्ष ३९० वटा शैक्षिक संस्थामा चार हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरेको महानगरले जनाएको छ । जसमा सबैभन्दा धेरै व्यवस्थापन संकायमा छ । 

महानगरका अनुसार दुई हजार ४९३ जनाले व्यवस्थापन, एक हजार ७५२ जनाले विज्ञान, १७३ जनाले मानविकी, १३६ जनाले कानुन र ७० जनाले शिक्षा संकायमा छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् । 

छात्रवृत्तिका लागि अनलाइन आवेदन फाराम खुल्ला गरिएको महानगरका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले बताए । इच्छुक विद्यार्थीले असार २९ गते राति ११ बजेर ५९ मीनेटभित्रमा आवेदन दिन सक्ने उनले जानकारी दिए ।

टिप्पणीहरू