प्रमुख निर्वाचन आयुक्तले तिहार अमेरिकामा मनाउने

प्रमुख निर्वाचन आयुक्तले तिहार अमेरिकामा मनाउने
सुन्नुहोस्

सरकारले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया,आयुक्तहरु रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधरलाई तिहार अगावै अमेरिका पठाउने भएको छ । अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचन अवलोकनका लागि सरकारले उक्त टोली त्यता पठाउने भन्दै चार महिना अगावै भ्रमण स्वीकृत गरेको छ ।

नोभेम्बर ५ मा हुने निर्वाचनका लागि कात्तिक १८ देखि २१ गतेसम्म हालैको क्याबिनेट बैठकले भ्रमण स्वीकृत गरेको हो । त्यसका लागि प्रतिनिधिमण्डल कात्तिक १६ गते त्यसतर्फ जानुपर्ने हुन्छ ।

 

यो वर्षको तिहार कात्तिक १४ देखि १९ गतेसम्म परेको छ । १५ गते कुकुर तिहार हो भने १८ गते भाइटीका हो । अमेरिकाको राष्ट्रपति निर्वाचन हरेक चार वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार हुने संवैधानिक व्यवस्था छ ।

टिप्पणीहरू