रवि र निकिताको बैंकिङ्ग कारोबार के-कस्तो भेटियो ?
सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीले एकपछि अर्को प्रमाण फेला पारिरहेको छ ।
सहकारी ठगी,संगठित अपराध,किर्ते र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान जारी रहँदा रवि र उनकी पत्नी निकिता पौडेलले २१ करोड ४० लाख रकम कारोबार गरेको भेटिएको छ । उनीहरुको पछिल्लो चार वर्षे बैंकिङ कारोबारलाई सुक्ष्म अध्ययन गरेको प्रहरीले विभिन्न बैंकको खातामार्फत उक्त रकम कारोबार भएको फेला पारेको हो ।
स्रोतका अनुसार रविले अधिकांश कारोबार ग्लोबल आइएमई बैंक र सिद्धार्थ बैंकमार्फत गरेका छन् भने निकिताले नैपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमार्फत गरेकी छन् ।
सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका रविविरुद्ध प्रहरी के-कस्तो प्रमाण फेला पारेको छ ? यसबारे विस्तृत समाचार आजको जनआस्था साप्ताहिकमा पढ्न सकिनेछ ।
टिप्पणीहरू