अधिकांश शिवालयमा शतबीज
आज बाला चतुर्दशीका दिन हिन्दु धर्मावलम्बीहरुले शतबीज छरेका छन् । मंसिर कृष्ण पक्षको चतुर्दशीको बिहान आफ्ना परिवारमा मृत्युवरण गरेकाको सम्झनामा शतबीज छर्ने चलन छ ।
हिजो त्रयोदशीको राति शिवालयमा महाद्वीप बालेर मृतकका परिवारजन जाग्राम बस्ने चलन छ । उनीहरुले बिहान सबेरैदेखि शतबीज छरेर बाला चतुर्दशी मनाउँछन् ।
काठमाडौंको पशुपतिनाथ मन्दिर र मुलकभरका शिवालयमा शतबीज छर्नेहरुको बिहानैदेखि घुईंचो थियो ।
टिप्पणीहरू