प्रधानमन्त्रीको जहाजमा ४४ जना,फर्कंदा मेजर थपिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । उहाँ ८७ जनाको नेतृत्व गर्दै हिमालय एअरलाइन्स र अर्को जहाजमा दुई टोली गरी काठमाडौंबाट सोझै बेइजिङ पुग्ने कार्यक्रम छ ।
अस्ति बसेको क्याबिनेट बैठकले भ्रमणतालिका र संख्या तय गरेको छ । ८७ जनामध्ये यताबाट जाँदा प्रधानमन्त्री सवार उडानमा ४४ जना रहने छन्।
प्रधानमन्त्रीसँगै धर्मपत्नी राधिका शाक्य,परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा, प्रमुख सल्लाहकार विष्णु रिमाल,आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा,मुख्य सचिव एकनारायण अर्याल रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै चिफ अफ प्रोटोकोल विष्णुप्रसाद गौतम, प्रधानमन्त्रीका अंगरक्षक कर्णेल दिवाकर खड्का, सांसदहरु अर्जुननरसिंह केसी,श्याम घिमिरे, लीलानाथ श्रेष्ठ,बिजुला रायमाझी,रेखा शर्मा,वीरेन्द्रप्रसाद महतो, दीपक कार्की,सर्वेन्द्रनाथ शुक्ला,रञ्जिता श्रेष्ठ पनि एउटै उडानमा जाँदैछन् ।
उक्त टोलीमा अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राई, लगानी बोर्डका सिइओ सुशील ज्ञवाली, प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्यासिंह शाह,सहप्राध्यापक पदमसुन्दर जोशी,स्वकीय सचिव राजेश बज्राचार्य रहनेछन् ।
प्रोटोकल अफिसर प्रवीण भट्टराई र नेपाली सेनाको भिभिआइपी सेक्युरिटी निर्देशनालयका मेजर दिनेश न्यौपाने चीनबाट फर्कंदा प्रधानमन्त्री सवार हुने चार्टर उडानमा हुनेछन् ।
परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया डेस्क हेर्ने सहसचिव,उपसचिव,शाखा अधिकृतहरु,प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका निजी सचिवहरु,प्रोटोकोल अफिसर,प्रोटोकोल सहायक, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका निजी सहायकहरु पनि हिमालय एअरलाइन्सको चार्टर उडानमा बेइजिङ जाने बताइएको छ ।
प्रधानमन्त्री कार्यालयका इन्स्पेक्टर माधव केसी, राससका प्रकाश सिलवाल, नेपाल टेलिभिजनका क्यामरा पर्सन प्रधुम्न ढुंगेल, प्रधानमन्त्रीका निजी फोटोग्राफर,उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका राजेशकुमार अग्रवाल,च्याम्बर अफ कमर्सका कमलेशकुमार अग्रवाल,स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका गणेश कार्की,अटोमोबाइल्स डिलर्सहरुका तर्फबाट करण चौधरी,निर्यातकर्ताहरुको तर्फबाट शंकरप्रसाद पाण्डेय,साना उद्यमीहरुको तर्फबाट उमेशप्रसाद सिंह गरी ४४ जनाको टोली सोमबारको चार्टर उडानमा हुनेछन् ।
बिहिबार बेइजिङबाट फर्कने क्रममा अरु दुई जना थपिने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । थपिनेहरुमा प्रोटोकल अफिसर प्रवीण भट्टराई र नेपाली सेनाको भिभिआइपी सेक्युरिटी निर्देशनालयका मेजर दिनेश न्यौपाने चीनबाट फर्कंदा प्रधानमन्त्री सवार हुने चार्टर उडानमा हुनेछन् । न्यौपाने र भट्टराई भ्रमण अगावै बेइजिङ पुगेर आवश्यक तयारी र समन्वयमा जुटिसकेको स्रोतले बताएको छ ।
टिप्पणीहरू