बालकोट पुगेका गुप्तचर प्रमुखलाई अप्रत्यासित जवाफ

बालकोट पुगेका गुप्तचर प्रमुखलाई अप्रत्यासित जवाफ

पछिल्लो राजनीतिक घटनाक्रम विकसित हुनुअघि बालकोट पुगेका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले नसोचेको जवाफ भेटेका छन् । एक हप्ताअघि सञ्चालन विभागका डिएसपी श्रीमती विना केसीका श्रीमान गोविन्दलाई लिएर उनी बालकोट गएका थिए ।

रोल्पा घर भएका उनीमाथि माओवादीको निर्देशनमा विभाग सञ्चालन गरेको आरोप लाग्दै आएको थियो । उक्त आरोपलाई मत्थर पार्न उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न केसीका श्रीमानलाई प्रयोग गरेको विभागको उच्च स्रोतले बतायो ।

थापाले विभागका कर्मचारीबीच भेदभाव गरेको भन्दै हाकिमको परफरमेन्स नदेखिएको जवाफ बालकोटबाट पाएको बताइन्छ । उनले इन्टेलिजेन्स नर्म्सअनुसार विभाग सञ्चालन नगरेको समेत बताइएको थियो ।

सपनामा पनि नसोचेको जवाफ पाएपछि उनी प्रवेश हमाललगायतसँग राति बसेका थिए । सोही बसाईमा थापाले ‘कथम् सरकार परिवर्तन भए राजीनामा दिने’ बताएको स्रोतको दाबी छ । तर उनी बालकोटबाट फर्केको एक हप्ता नबित्दै नेपाली काँग्रेस र एमालेको गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने अवस्था बनिसकेको छ ।

टिप्पणीहरू